ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् ।
व्यावसायिक र अन्तर्राष्ट्रिय करिअरमा रक्षकको भूमिकामा रहेका कार्लोस विशेष गरी असाधारण ‘फ्रिकिक’का निम्ति चर्चित छन् । उनीसहितको टिमले रियाल मड्रिडबाट तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
उनले एकपटक फिफा विश्वकपको उपाधि, दुईपटक कोपा अमेरिका र सन् १९९७ मा फिफा कन्फेडेरेसन कपको उपाधि जितेका छन् ।
मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए ।
















