रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण

Image

क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी गायिका रचना रिमाल जर्मनीमा ुइमर्जेन्सीु ल्यान्ड भएकी छन् ।

यसको जानकारी रचना आफैँले आफ्नो आधिकारिक फेसबूकमार्फत दिएकी हुन् ।

उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मङ्गलबार (आज) भारत हुँदै नेपाल फर्कने क्रममा थिइन् । तर, क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन् ।

‘क्यानडाबाट भारत ल्यान्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमरजेनसी ल्यान्ड भएको छ,’ रचनाले फेसबूकमा लेखेकी छन् ।

उनी केही बेरमा पुनस् भारत हुँदै नेपाल फर्कने तयारीमा रहेको उनले बताएकी छन् ।