सरकारले नेपाल सुनचाँदी व्यवसायी महासंघसँग ६ बुँदे सहमति गरेपछि करिब एक महिना लामो आन्दोलन स्थगित भएको छ। सहमतिसँगै शुक्रबारदेखि सुनचाँदी पसलहरू नियमित रूपमा खुल्ने भएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगनको घोषणा गरिएको हो। आर्थिक वर्ष २०८२र८३ को बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीरा जडित गरगहनामा १३ प्रतिशत भ्याटको व्यवस्था भएपछि व्यवसायीहरू आन्दोलित भएका थिए।
व्यवसायीहरूले यो कर प्रणालीले उपभोक्ता र व्यवसाय दुवैलाई असर गर्ने भन्दै भ्याट फिर्ताको माग गर्दै आन्दोलन गर्दै आएका थिए। विरोधका सबै कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू खुला हुने महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।















