नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चारसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार तीनसय रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार नौसय रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर आज चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।















