सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५ मा कायम भएको छ ।
सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ प्रतिशत बढ्यो ।
माइखोला हाइड्रो र हिमालय हाइड्रोका लगानीकर्ताले कमाए भने सामुदायिक लघुवित्त र धौलागिरी लघुवित्तका लगानीकर्ताले गुमाए। ४० करोड ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार गरी एनआरएन इन्फ्राइन्स्ट्रकचर शीर्ष स्थानमा रह्यो।















