बाढीले तमोर नदीको बेलिब्रिज बगायो

Image

विराटनगर । गएरातीको अविरल वर्षाले ताप्लेजुङ जिल्लाको उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिका ५ तापेथोक र ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुलमा रहेको बेलिब्रिज बगाएको छ । 

यसबाट उत्तरदक्षिण लोकमार्ग ( तमोर करिडोर) लेलेप, ओलाङचुङगोला तर्फ़को आवत जावत पुर्णरुपमा अवरुद्ध भएको छ ।

ताप्लेजुङका सांसद तथा एमाले सचिव योगेश भट्टराईले तत्काल बैकल्पिक व्यवस्था गरी आवत- जावत र जनजीवनलाई सहज गर्न, जोखिममा परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, निर्माण तथा विधुत आयोजनाका काममा सहजीकरण गर्न सरकार लगायत सम्बद्ध सबैको ध्यानाकर्षण गरेका छन् ।