इङलिश प्रिमियर लिगको नयाँ सिजनमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ४-२ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको थियो ।
२-० ले अगाडी रहेको लिभरपुलविरुद्ध बोर्नमाउथले शानदार कमब्याक गर्दै खेलको ७६औ मिनेटमा २-२ को बराबरी गरेको थियो । बोर्नमाउथका लागि दुवै गोल एन्टोइन सेमेन्योले गरेका थिए । तर त्यसपछि खेलको ८८औँ र ९४औँ मिनेटमा गोल गर्दै लिभरपुलले कमब्याक गरेको थियो ।
लिभरपुलका लागि हुगो इकिटिक, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो खेल गत जुलाईमा कार दुर्घटनामा मारिएका लिभरपुल स्ट्राइकर डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भालाई भावनात्मक श्रद्धाञ्जली दिएर सुरु गरिएको थियो ।
















