भारतीय निर्मात्री एकता कपूर कोरियाली के ड्रामामा देखिने भएकी छन् ।
आफ्नो करियरमा धेरै हिट टिभी सिरियल बनाएकी एकता अब आफै कोरियाली के ड्रामामा देखिने जानकारी दिएकी हुन् ।
उनले भनेकी छन्- म के ड्रामाहरू को ओजी क्वीन हुँ (किनभने… मैले यस प्रकारका सिरियलहरूको बारेमा यो भनेको थिए)। मसँग तपाईंको लागि एउटा अपडेट छ । म कोरियाली नाटकमा देखिनेछु। सेप्टेम्बर २९ मा दिउँसो १ बजे ।’
एकताले धेरैजसो सिरियल ‘के’ अक्षरबाट बनायेई छन् । ‘कसौटी जिन्दगी के, ‘क्युकी सास भी कभी बहू थी’ जस्ता चर्चित सिरियल बनाएकी छन् । उनको ‘के’ प्रेम पनि कोरियाली के ड्रामाबाट प्रेरित रहेको बताइन्छ ।













