वाणिज्य बैंकको नाफा दोहोरो अंकमा बृद्धि,१८ बैंकको बढ्दा २ वटाको घट्यो

गत आर्थिक वर्षमा वाणिज्य बैंकको नाफा २४.९२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तमा बैंकको नाफा ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ रहेको थियो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको २ वटाको नाफा घटेको छ भने बाँकी १८ बैंकको नाफा बढेको छ । नाफा घट्नेमा कुमारी र प्राइम बैंक रहेका छन् । कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घटेर १ अर्ब ९५ ७१ लाख ७ हजार रुपैयाँमा सिमित भएको छ।

नेपाल बैंक

नेपाल बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा १६.७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कृषि विकास बैंक

कृषि विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४५.९८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रभु बैंक

प्रभु बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४८.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नबिल बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ग्लोबल आईएमई बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा २५.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बैंकको खुद नाफा भने ९.७५ प्रतिशत मात्र बढेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको त्यही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १०.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

हिमालयन बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३७।९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कुमारी बैंक

कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

एनएमबि बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लक्ष्मी सनराइज बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

एनआईसी एशिया बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

एभरेष्ट बैंक

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३७.२४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा

यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १३.१४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

प्राइम कमर्सियल बैंक

यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १८.८० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

नेपाल एसबिआई बैंक

यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३६.८२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

राष्ट्रिय वाणिज्य बैंक

यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा १४.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको त्यही अवधिसम्ममा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।