नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ। यसअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढेको हो। तर पेट्रोलको भने यथावतु् राखिएको निगमले जनाएको छ।
पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेल २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ। पहिलो वर्गमा भने २३४.५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ।मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ।
इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो।













