साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३६ अंकले वृद्धि हुँदै २ हजार ८३८.४० विन्दुमा पुगेको छ।
आज कुल १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ।
कारोबारका क्रममा होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, अन्य तथा ट्रेडिङ समूहका उपसूचकहरू धनात्मक देखिएका छन्। यस्तै बैंकिङ, विकास बैंक, फाइनान्स, इन्भेष्टमेन्ट, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र म्युचुअल फन्ड समूहका उपसूचकहरू ऋणात्मक रहेका छन्।
यस दिन १०८ कम्पनीको शेयर मूल्य बढ्दा १५० कम्पनीको मूल्य घटेको छ। साथै, ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।














