घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

Image

नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९८ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार भने सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि बुधबार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो, जसले लगातार दोस्रो दिन गिरावट देखिएको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार २० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा तोलामा ११० रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घट्दो क्रममा रहेको छ। आज सुन प्रतिऔंस चार हजार सात सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव नेपाली बजारमा समेत परेको देखिएको छ।