साताको चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ । साताको सुरुदेखि दोहोरो अंकले घटेको बजार बिहीबार भने एकल अंकले घटेको छ ।
आज नेप्से परिसूचक ५.७३ अंकले घटेको हो । अघिल्लो दिन (बुधबार) २५.८१ अंकले घटेको थियो ।
बिहीबार नेप्से ०.२० प्रतिशतले घटेर २७३८.७२ विन्दूमा झरेको छ । एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता सेयर एक लाख ८० हजार ४२७ पटकमा किनबेच भएको छ ।
चार अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन कुल सेयर कारोबारतर्फ चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँ बराबरको भएको थियो । उक्त कारोबार ३४६ कम्पनीको हो । ९८ कम्पनीको सेयर मूल्य बढेको छ । १६१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थिर छ ।
सबैभन्दा बढी कमाउने पाँच कम्पनीमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट, एसियन हाइड्रोपावर, रिभर फल्स पावर र एसवाई प्यानल नेपाल छन् ।
यसदिन सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, माइखोला हाइड्रोपावर, नौ प्रतिशत नविल डिवेन्चर २०८७, एनआईसी एसिया ग्रोथ फन्ड–२ र सोलु हाइड्रोपावर रहेका छन् ।















