सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद अधिवेशन सुरु भएको दिनमै प्रस्तुत गर्ने भएको छ ।
संघीय संसद को बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुने भएको छ । सोही दिन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको हो ।
यसअघि २५ वैशाखमा सरकारले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न रामचन्द्र पौडेल लाई आग्रह गर्ने निर्णय गरेको थियो ।
सरकारको आग्रहपछि राष्ट्रपति कार्यालय ले पनि तयारी भइरहेको जनाएको छ ।
नीति तथा कार्यक्रममार्फत सरकारले आगामी आर्थिक वर्षका प्रमुख प्राथमिकता र योजनाहरू सार्वजनिक गर्नेछ ।
















