क्यानले घटायो टिकटको मूल्य

Image

आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य तोकिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाका लागि दुई सय र एक सय रुपैयाँ मूल्य तोकेको छ। क्यानले नेपालको खेलका लागि दुई सय र अन्य खेलका लागि एक सय रुपैयाँ मूल्य तय गरेको हो।

यसअघि ओमान र यूएईसँगको शृंखलामा महंगो टिकट मूल्यकै कारण दर्शक खेल हेर्न नआएपछि क्यानले घटाएको थियो। यो पटक क्यानले सुरुवातबाट नै टिकट मूल्य कम गरेको छ।

अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ। अघिल्लो शृंखलाबाट बसिर अहमदलाई बाहिर राख्दै इशान पाण्डेलाई समेट्दै टोली घोषणा भएको छ।

नेपालले मंगलबारदेखि घरेलु मैदानमा त्रिकोणात्मक शृंखला खेल्दै छ। पहिलो खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्नेछन्। नेपालले दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ। आगामी सोमबार स्कटल्यान्ड र शुक्रबार अमेरिकाविरुद्ध खेल्ने तालिका छ।