राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक जेठ १ गते बस्ने

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार उक्त बैठक जेठ १ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।

श्रेष्ठका अनुसार निर्वाचनपछिको परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको आगामी रणनीति तय गर्ने, सात वटै प्रदेशमा सम्पन्न समीक्षा बैठकबाट प्राप्त सुझावमाथि छलफल गर्ने तथा केन्द्रीय कार्यसमिति बैठकको मिति निर्धारण गर्ने विषय मुख्य एजेन्डा रहनेछन्।

यसैगरी, पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित विषयहरू तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।