नेपाली कांग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबारे गम्भीर प्रश्न उठेको बताएको छ । तर त्यस्तो प्रश्नबारे मौन रहेको भनेर पनि प्रश्न गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्कै रोष्ट्रमबाट भने, ‘हिजो मन्त्रीको बारे प्रश्न उठ्दा सबै आगो, आज अर्थमन्त्रीकोबारे गम्भीर प्रश्न उठ्यो । सबै बरफ किन ?’
अर्थमन्त्री वाग्ले करका दर हेरफेर विवादमा परेका छन् । आर्थिक विधेयकमा भएको हेरफेर र करका दरको हेरफेरको सूचना चुहावट भएको विषयमा वाग्ले आफैँ भने पन्छिन खोजिरहेका छन् ।
















