युगान्डाका चर्चित फुटबल खेलाडी डेभिड ओवोरीको निधन भएको छ। बीबीसीका अनुसार उनी लुटेराहरूको आक्रमणबाट मारिएका हुन्।
स्थानीय प्रहरीका अनुसार ओवोरीलाई मंगलबार लुटेराहरूले आक्रमण गरेर बेहोस बनाएका थिए। आक्रमणपछि ओवोरीलाई सुरुमा नजिकैको क्लिनिकमा लगिएको थियो।
त्यहाँ प्राथमिक उपचारपछि उनलाई युगान्डाको राजधानी कम्पालास्थित एक निजी अस्पतालमा रिफर गरिएको थियो। तर उचपारका क्रममा बुधबार उनको मृत्यु भएको हो।
प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीको समूहले ओवोरीलाई ढुंगाले हानेका थिए। त्यसपछि आक्रमणकारीहरू उनको सामान लुटेर भागेका थिए। ओवोरी बेहोस अवस्थामा फेला परेका थिए।
उनको मृत्युले युगान्डामा शोक फैलिएको छ। हिंसात्मक अपराध बढेको भन्दै सार्वजनिक आक्रोश व्यक्त भइरहेको छ। २७ वर्षीय डेभिड ओवोरी युगान्डा प्रिमियर लिगको सबैभन्दा सफल क्लबमध्ये एक एससी भिल्लाका कप्तान थिए।
उनले टोलीको लागि राइट-ब्याक र मिडफिल्डरको रूपमा खेलेका थिए। उनले युगान्डाको राष्ट्रिय फुटबल टोली, क्रेनको पनि प्रतिनिधित्व गरेका थिए।
एससी भिल्लाले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामीले एक खेलाडी मात्र होइन, एक नेता, एक भाइ र एक साथी गुमाएका छौँ।















