कोसीमा एमालेले मुख्यमन्त्रीसहित ५ र नेकपाले ४ मन्त्रालय पाउने सहमति

Image


नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बीचमा मन्त्रालय बाँडफाँटको विषय टुंगो लागेको छ। एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय राख्ने र नेकपाले ४ मन्त्रालय पाउने गरी सहमति भएको हो।

कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेर सोमबार दिउँसो ३ बजे शपथ हुने गरी सहमति भएको छ। यसअघि एमाले र नेकपाका नेताहरूले शुक्रबार नै मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए। 

शुक्रबार दिउँसो भएको नेकपा एमाले संसदीय दलका नेता एवम् मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको बीच पार्टी अध्यक्षहरूसहितको बैठकले मन्त्रालयको संख्या टुंगो लगाएको हो।