राष्ट्रिय सभाले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।सोमबार बसेको सभाको बैठकले उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। मन्त्री चौधरीद्वारा प्रस्तुत प्रस्तावलाई सभाका अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको हो।
उक्त विधेयक अब विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि जानेछ। जहाँ विधेयकका प्रावधानहरूमाथि विस्तृत अध्ययन र परिमार्जन गरिनेछ।















