सङ्घीय संसद्, प्रतिनिधि सभाको आज (मङ्गलबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार आज भदौ ९ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश स्थगित गरिएको हो ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि (भदौ १० गते बुधबार) दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरेका छन् ।
सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएकाले बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।
संसद् सचिवालयले बैठक स्थगित भएको जानकारी प्रतिनिधि सभाका सम्पूर्ण सदस्यलाई गराएको छ ।














