गृहमन्त्रीलाई ऐन महरले भने- ‘तपाईं यसै भाइरल हुनुहुन्छ, सिलिण्डर बोक्ने होइन कमाण्ड सम्हाल्नुस्’

Image

 नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको जीवनरक्षा गर्न सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेका छन्।

बाढीपछि टनेलबाट सकुशल उद्धार गरिएका व्यक्तिलाई सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीले सुरक्षित रूपमा हेलिकोप्टरतर्फ लैजाँदै गर्दा गृहमन्त्री गुरुङले स्लाइन बोकेर हिँडेको भिडिओ सार्वजनिक भएपछि महरले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।

महरले उद्धार अभियानको कमाण्ड स्वयं सम्हाल्दै सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्न गृहमन्त्रीलाई सुझाव दिएका छन्। अझै अन्य टनेलमा नागरिक फसेको भए उनीहरूको उद्धारका लागि तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ।

‘गृहमन्त्रीज्यू! प्लिज तपाईं कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्,’ महरले भनेका छन्।

उनले फसेका नागरिकको जीवनरक्षाका लागि आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनसमेत सरकार पछि हट्न नहुने बताएका छन्। सम्बन्धित आयोजनाका प्राविधिक तथा निर्माणकर्तासँग तत्काल छलफल गरी उपलब्ध सबै स्रोत–साधन परिचालन गर्नुपर्ने उनको सुझाव छ।

‘आवश्यक प¥यो भने अन्तर्राष्ट्रिय सहयोग लिनुपर्‍यो। सम्बन्धित आयोजनाका प्राविधिक र निर्माणकर्ताहरूसँग छलफल गर्नुहोस्,’ महरले भनेका छन्, ‘हामीसँग राहत कोषमा अर्बौं रकम मौज्दात छ। त्यसैले विज्ञ तथा प्राविधिकहरू ल्याएर छिटो–छिटो काममा लागौँ।’

टनेलभित्र फसेका नागरिकको जीवनरक्षाका लागि एक–एक सेकेन्ड महत्त्वपूर्ण रहेको भन्दै महरले उपलब्ध जनशक्ति र स्रोत–साधन तत्काल परिचालन गर्न आग्रह गरेका छन्।

महरले उद्धारस्थलमा गृहमन्त्री आफैंले अक्सिजन सिलिन्डर बोक्नुभन्दा उद्धार अभियानको नेतृत्व, व्यवस्थापन र समन्वयमा ध्यान दिनुपर्ने बताएका छन्।

‘तपाईंको काम त्यो अक्सिजन सिलिन्डर बोक्ने होइन। तपाईंले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ,’ उनले भनेका छन्।

यसअघि उद्धारस्थलबाट आफूलाई हट्न आग्रह गरिएको घटनासमेत स्मरण गराउँदै महरले गृहमन्त्रीलाई आफ्नो भूमिकाबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

‘तपाईं यहाँबाट गइदिनुहोस् भनेर सेनाले अस्ति मात्रै भनेको किन बिर्सिनुभयो?’ उनले प्रश्न गरेका छन्।

सिलिन्डर बोक्ने काम उद्धारमा खटिएका सुरक्षाकर्मीले गर्न सक्ने भन्दै महरले गृहमन्त्रीले उद्धार अभियानको नेतृत्व र समन्वयमा बढी ध्यान दिनुपर्ने बताएका छन्।

‘त्यो सिलिण्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ नि। त्यसका लागि गृहमन्त्री चाहिँदैन,’ महरको