मधेस वारियर्सलाई पराजित गर्दै कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) को प्लेअफ खेल्ने भएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा कर्णालीले मधेसलाई ३–१ को सेटमा हराएको हो।
कर्णालीले मधेसलाई २५–२०, २५–२०, २१–२५ र २५–१९ ले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो।
४ जित र १ हार व्यहोरेका कर्णालीले ११ अंक जोड्यो। कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ द म्याच’ चुनिए आजै भएको दिनको पहिलो खेलमा सगरमाथालाई हराउँदै शिर्ष स्थानमा रहँदै अन्नपूर्ण फाइनलमा पुगेको छ।
दिनको अन्तिम खेलमा काठमाडौं रेड्स र खप्तड फाल्कोन्स खेल्नेछन्। सो खेल ७ बजे सुरु हुनेछ।














