सरकारले १३ वटा देशका राजदूतहरू नियुक्ति गर्नका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो ।
विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।
अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ ।
अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन् ।
यी हुन् प्रस्तावित राजदूतहरू
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)
५. जिज्ञान कुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया














