नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज विराटनगर किंग्सले पाँच जना युवा खेलाडीलाई क्याम्पका लागि छनोट गरेको छ ।
विराटनगरले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट अमर यादव, धवन साहनी, आयुष न्यौपाने, कविराज खत्री र सुयोग भट्टराईलाई छानेको हो । सुयोगले यू–१६ टोलीबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
उनीहरू आगामी सेप्टेम्बर २९ देखि भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा हुने विराटनगरको तयारी क्याम्पमा सहभागी हुनेछन् ।
क्याम्पका क्रममा पाँचै खेलाडीले विराटनगरका अन्य खेलाडीहरूसँगै प्रशिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । यी पाँच खेलाडीमध्ये एक जनालाई विराटनगरको ‘आइकोनिक प्लेयर’ का रूपमा छनोट गरिनेछ ।













