विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

Image

 नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै सुरु हुन सकेको छैन । शनिबारको दोस्रो खेलमा पाँच बजेदेखि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुने तय छ ।

तर शुक्रबारदेखिको अविरल वर्षाका कारण मैदानमा पानी जमेकाले खेल सुरु हुन ढिला भएको हो । हाल कीर्तिपुरस्थित त्रिवि मैदानमा जमेको पानी व्यवस्थापन गर्ने कार्य जारी छ ।

यसअघि शनिबार बिहान हुने तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको थियो ।