सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Image

 स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार, यस दिन सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।