परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमरबा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा खनाल र दलेलाबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ। यससँगै दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ।















