भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।
प्रधानमन्त्री बालेनलाई भारतीय सेनाको टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। त्यसक्रममा शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन्।
समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइएर प्रधानमन्त्री शाहको स्वागत गरिएको छ। प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ‘गार्ड अफ अनर’मा सहभागी भएका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। आइतबार दिल्ली पुगेका शाहले भारतीय समयअनुसार सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ।
आज मोदीसँग करिब आधा घण्टाको वार्तापछि दिउँसो १२ः२५ बजे दुई प्रधानमन्त्रीबिच समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने तालिका छ।















