नियमित स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

Image

राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

अस्पतालका सहप्रवक्ता कालिप्रसाद रोस्याराका अनुसार राष्ट्रपति पौडेल बुधबार दिउँसो पौने ४ बजे अस्पताल पुगेका थिए । “राष्ट्रपतिज्यूको स्वास्थ्यमा विभिन्न समस्या छन् । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । सोही क्रममा उहाँ अस्पताल आउनुभएको हो,” रोस्याराले भने ।

अस्पतालका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी सवा ४ बजे नै अस्पतालबाट फर्किएका थिए ।