सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

Image

स्थानीय नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ। छापावाल सुन प्रतितोला रु एक हजार ४०० र चाँदी रु ३५ ले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो।