सुन आयातमा राष्ट्र बैंकको कडाइ, अब दैनिक १० किलो मात्रै आयात हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ ।

सुन आयातकै लागि ठूलो रकम विदेशिदा विदेशी विनिमय सञ्चिति घट्न थालेको छ । उक्त समस्या समाधानका लागि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ को दफा ९४० लाई संशोधन गरिएकाले त्यहीअनुसार गर्न निर्देशन दिएको छ ।

व्यवसायीले सुन आयातको कोटा बढाइदिन आग्रह गरिरहेका बेला राष्ट्र बैंकले भने उल्टै घटाइदिएको हो ।