काठमाडौं । देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । अति वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । देशका विभिन्न ठाउँको हवाई सेवा आज प्रभावित भएको छ । अति वर्षाका कारण हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटारका उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्रै हवाई उडान भइरहेको स्रोतको भनाइ छ । अन्य विमानस्थल भने खुला रहेका छन् । अहिले देशभर मौसम फैलिरहेको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार नै विशेष बुलेटिन जारी गरी मंगलबारदेखि बिहीबारसम्म भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको थियो ।














