माधव नेपाललाई भेटेर फर्किए प्रचण्ड र उपेन्द्र, सरकारमा सहभागिताबारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि उनीहरूले नेता नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । आज बिहानै माधव नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका थिए । प्रचण्ड र माधव नेपालबीच करिब पौने घण्टा छलफल भए लगत्तै उपेन्द्र यादव पुगेका हुन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेका माधव नेपाल पक्ष सरकारमा सहभागी हुने तयारी छ । नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बुझिएको छ ।