जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन् । प्रहरी आचरण विपरित काम गरेको आरोप उनीमाथि लागेको छ ।
उनलाई प्रहरी प्रधान कार्यालय तानेर जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी राजन लिम्बुलाई पठाइएको छ । लिम्बु प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
आर्थिक रुपमा व्यावसायिक आचरणविपरितका गतिविधिमा संलग्ननता देखिएपछि उनलाई फिर्ता गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
उनको जिम्मेवारी खोस्दै उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।