लुम्बिनीले पायो १०४ रनको सामान्य लक्ष्य

Image

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।

काठमाडौंका लागि स्टेफेन एस्किनाजीले १३, माइकेल लेविट ०, जेरार्ड इरासमस १, सुमित महर्जन ४, डान डाउथवेट २१, रशिद खान १, करण केसीले १ रन जोडे।

काठमाडौंका लागि भीम सार्कीले ३१ रन बनाए । यो नै काठमाडौंको सर्वाधिक स्कोर हो । ४० बल खेलेका उनी अभिशेष गौतमको बलमा अर्जुन साउदको स्टम्पिङमा परे ।

काठमाडौंका साहव आलमले ५ बलमा ८ रन बनाए भने प्रतीक श्रेष्ठले १४ बलमा २० रन बनाए। दीपेश कँडेल शून्य रनमा नटआउट रहेपछि लुम्बिनीले १०४ रनको सामान्य लक्ष्य पाएको हो । काठमाडौंलाई सस्तैमा समेट्न लुम्बिनीका बलरले कसिलो बलिङ गरे ।

लुम्बिनीका साद बिन जफरले ३, रेमन साइमन्ड र अभिशेष गौतमले समान २ विकेट लिँदा सूर्य तामाङ र विवेक यादवको नाममा १÷१ विकेट रह्यो । २ ओभर बलिङ गरेका कप्तान रोहित भने विकेटविहीन रहे ।