अन्तिम खेलमा पनि पोखरा पराजित, प्लेअफमा सुदूरपश्चिमको स्थान सुरक्षित

Image

नेपाल प्रिमियर लिगमा सुदुरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित हात पारेको छ । १५४ रनको लक्ष्य  लिएर मैदानमा उत्रिएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन बनाउन सक्यो । 

पोखराका लागि  आन्द्रेश गोस ३६, रेमन रेफर ३३, किरण ठगुन्ना ३२, दिनेश खरेल १५, जेन मलिक १०, माइकल लिस्क ५, दिलिपनाथ एक, कप्तान कुशल भुर्तेल शून्यमा आउट भए ।

सुदुरपश्चिमका लागि स्कट कुग्गेलिज्जेन पाँच  र हर्मित सिंहले समान तीन विकेट र सैफ जेवले लिए । टस हारेर ब्याटिङमा आएको सुदुरपश्चिमले ७ विकेट गुमाएर १५३ रन बनायो ।

सुदुरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन २३, कप्तान दिपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हर्मित सिंह १३, इसान पाण्डे १०, सैफ जेव ९, स्कट कुग्गेलिज्जेन २ रन बनाए भने आरिफ शेख ४२ रनको अविजित पारी खेले ।

पोखराका लागि कप्तान कुशल भुर्तेल दुई, सागर ढकाल, माइकल लिस्क र रेमन रेफरले समान एक/एक विकेट लिए ।

यसअघि सुदूरपश्चिम ५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको पोखरा चार अंक सहित सातौं स्थानमा छ ।