एनपीएलको विजेताले एक करोड १० लाख पाउने

Image

नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जारी प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी गराएको हो ।

यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ ।

एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् ।

यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ । पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ । फाइनल खेल शनिबार हुनेछ ।