काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।दिउँसो २ बजे धुम्बाराहीस्थित आफ्नै निवासमा बस्नेगरी बैठक बोलाएको उपसभापति धनराज गुरुङले जानकारी दिए। उनी आफू भने बैठकमा सहभागी हुन नपाएको र हेटौंडामा रहेको बताए।
बैठकका लागि नेताहरू पुग्ने क्रम जारी छ। कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले आफू बैठकमा जाँदै गरेको बताए।बैठकमा पूर्वपदाधिकारी र शीर्ष तहका नेतलाई पनि बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र कांग्रेसको आगामी भूमिकाबारे छलफल केन्द्रित हुने बताइएको छ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि संसदलाई प्रतिपक्ष विहीन बनाएको भन्दै आलोचना भइरहेको छ।










