नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ । खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ । खेलका लागि दुवै टोलीमा एक एक परिवर्तन गरिएको छ । कर्णालीले ब्याटर रित गौतमको स्थानमा बलर युनिस ठकुरीलाई खेलाएको छ । जनकपुरले पनि टोलीमा एक परिवर्तन गरेको छ । जनकपुरले अरनिको यादवको स्थानमा युवा ब्याटर मयन यावदलाई खेलाएको छ ।
जनकपुर बोल्ट्स प्लेइङ ११ : आसिफ शेख, आकाश त्रिपाठी, मयन यादव, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिम्मी नीशम, अरनिको यादव, मोहम्मद मोहसिन, शेर मल्ल, किशोर महतो, ललित राजवंशी
कर्णाली याक्स प्लेइङ ११ : जयकिसन कोल्सावाला, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, देव खनाल, गुल्सन झा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन याद, विपिन प्रसाद शर्मा, युनिशविक्रम सिंह ठकुरी
















