एनपीएलको फाइनलमा पुग्न जनकपुरलाई कर्णालीको ११९ रनको लक्ष्य

Image

नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न जनकपुर बोल्ट्ससलाई कर्णाली याक्ससले ११९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ र देव खनालले २४ रन बनाए ।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २/२ विकेट लिए । हर्श थाकर र शेर मल्लले समान एक विकेट लिए ।