नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् ।
एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन् । उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन् । उपाधि जित्न नसकेपनि समग्र प्रदर्शनको आधारमा दीपेन्द्रले कार पाएका हुन् ।
यता जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशीले बाइक पाएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका राजवंशीले उपाधिसहित बाइक पाएका हुन् ।
त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन् । एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन् ।