काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काएको छ ।
महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो । लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरुलाई खाली गर्न सूचना दिदा पनि अटेर गरेकाले डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ ।
यता सो स्थानमा बसेका नागरिकहरुले कुनै सूचना नदिई एक्कासी भत्काएको गुनासो गरेका छन् । महानगरले टहरभित्र रहेका सामान निकाल्न नदिइ डोजर लगाएपछि उनीहरु आक्रोशित भएका थिए । त्यसपछि महानगरले बाँकी रहेका टहरबाट तीनदिनभित्र सामान निकाल्न समय दिएको छ ।














