राजावादी प्रदर्शनकारीले जलाए तीनकुनेको एक घर (भिडियो)

Image

तीनकुनेको एक घरमा आगजनी भएको छ । राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

प्रदर्शनकारीले केही बेर अगाडी सोही घर तोडफोड गरेका थिए। उनीहरूले घरको सीसाको झ्याल ढुंगामुढा गरेर तोडफोड गरेका थिए ।

तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ । प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन् । प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिरहेको छ ।

राजावादी प्रदर्शनकारीले गरे तीनकुनेमा व्यक्तिको घर तोडफोड