प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धनबाट सोमबार सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्न लागेको हो ।
एमाले नेता सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।
आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।