सिन्धुलीको कमलामाई नगरपालिका ५ ग्वाङखोला दोभानको खड्कुलेदहमा डुबेर एक किशोरको ज्यान गएको छ। सिन्धुली गोलन्जोर गाउँपालिका –७ खुर्कोट घर भई हाल कमलामाई नगरपालिका–७ बुद्धानगरचोक स्थित मामा उत्तम पहाडीको घरमा बसि सिद्धबाबा बोडिङ स्कुलमा कक्षा ९ मा अध्यनरत प्रतिक देवकोटाको डुबेर मृत्यु भएको हो।
साथीहरूसँग पौडी खेल्न गएका उनी पौडी खेल्ने क्रममा दहमा डुबेका थिए। उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उक्त स्थान जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अन्दाजी २ किलोमिटर दक्षिणमा पर्दछ।