भारतमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Image

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार बिहान गंगोत्री जाँदै हेलिकप्टर उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनाई नजिकै दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । गढवाल डिभिजनल कमिश्नर विनय शंकर पाण्डेले दुर्घटनाको पुष्टि गर्दै प्रशासन र उद्धार टोली घटनास्थलमा पुगेको बताए ।

सेना, प्रहरी, विपद् व्यवस्थापन टोली, एम्बुलेन्स र राजस्व टोलीहरू घटनास्थलमा पुगिरहेका छन् । हेलिकप्टर एक निजी कम्पनीको भएको र त्यसमा सात जना सवार रहेको बताइएको छ ।