प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्म निरपेक्षतावादी भएकोले सबै धर्म मान्नेहरूलाई समान व्यवहार गर्ने बताएका छन् ।
भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको विषयमा संसदमा प्रश्न उठेपछि प्रचण्डले आफू आस्तिक या नास्तिकभन्दा पनि धर्मनिरपेक्षतावादी भएको बताएका हुन् ।
‘म धर्म निरपेक्षतावादी हुँ,’ प्रचण्डले भने, ‘जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ, कसैको धर्मलाई अपमान गर्नुहुँदैन भन्नेमा म सचेत छु ।’
संसदमा रास्वपाका सांसद हरि ढकालले प्रचण्डलाई आस्थिक कि नास्तिक भनेर प्रश्न गरेका थिए । उनले जनताको आस्थालाई सम्मान गर्नुपर्ने पनि बताए ।













