एकीकृत समाजवादी र जनसेवा नेपाल मोर्चाबीच एकता

Image

नेकपा (एकीकृत समाजवादी) र जनसेवा नेपाल मोर्चाबीच एकता भएको छ । 

आइतबार (आज) एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा यी दुई पार्टीबीच एकता भएको हो ।

मोर्चाबाट पार्टीमा समाहित नेताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले स्वागत गरेका छन् ।

सविन पुलामीको नेतृत्वमा उक्त मोर्चा एकीतृ समाजवादीमा समाहित बनेको हो ।