सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।
छलपलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन् ।
गृहमन्त्री लेखकमाथि भिजिट भिसाका बारेमा लागेको आरोपका विषयमा छलफल हुने बताइएको छ ।














